गाडी आयातमा एलसी रोकिएको बारे व्यवसायीसँग प्रधानमन्त्रीले भने, ‘छलफल त गर्नुपर्छ नि यार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2022 | 12:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधन आयातको एलसी रोक्न राष्ट्र बैंकले बैंकहरुलाई दिएको निर्देशनबारे अटोमोबाइल्स व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका पदाधिकारीहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् ।

भेटमा प्रधानमन्त्री देउवा आफैँ आश्चर्यमा परेका छन् । उनले रोकिन नपर्ने एलसी रोकिएको विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग सोधपूछ गर्ने बताएका छन् । 

नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार एलसी रोकिएको विषयमा प्रधानमन्त्री देउवाले आफूलाई कुनै जानकारी नरहेको बताएका थिए । 

‘त्यस्तो नहुनुपर्ने हो, के कसरी भएको रहेछ, म अर्थमन्त्री र गभर्नरसँग बुझ्नु भन्ने जवाफ उहाँ (प्रधानमन्त्री)ले हामीलाई दिनुभयो’ अध्यक्ष थापाले भने, ‘प्रधानमन्त्रीलाई यसबारेमा रिपोर्टिङ रहेनछ भन्ने देखियो ।’ 

प्रधानमन्त्री देउवाले व्यवसायीसँगको भेटमा कुनै छलफल र औचित्य बिना नै निर्णय गरेर आलोचित बनाउने काम भईरहेको भन्दै आक्रोश पनि पोखेका छन् ।

‘केही ठूला निर्णयहरु गर्दा त्यसको दीर्घकालिन असरका विषयमा पनि सोच्नुपर्ने हो, सोचेरै गर्नु भएको पनि होला’ उनले भने, ‘तर, जे पनि निर्णयहरु आफूखुशी गर्दै हिड्दा आलोचना खेप्नुपरिराख्या छ याँ, अलिकति छलफल त गर्नुपर्छ नि यार, क्याबिनेटकै साथीहरु कसले के गर्छन् भन्ने थाहा हुन छोडिसक्यो याँ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved