सेगवे–नाइनबटद्धारा नेपालमा स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2022 | 06:23:20 PM मा प्रकाशित

laxmi  sunrise bank

छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी  सेगवे–नाइनबटले आज नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ । 

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो । नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टी सहित शुरु भईसकेको छ । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लि ले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।

सेगवे ई–१२५

ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुतm राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved