सुन्दर यातायातले काठमाडौँ–पोखरा रुटमा बिजुली बस चलाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2022 | 02:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्दर यातायातले काठमाडौँ–पोखरा बिजुली बस चलाउने भएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार सुन्दर यातायातले जेठको अन्तिम सातादेखि काठमाडौँ–पोखरा रुटमा बिजुली बस चलाउने भएको हो । 

काठमाडौँ–पोखरा सार्वजनिक बिजुली चलाउन कम्पनीले २६२ किलोमिटरसम्म गुड्न सक्ने रेन्जका गाडी तयार गरिरहेको छ ।

‘काठमाडौं पोखरा २०९.५ किलोमिटर मात्रै छ,’ उनले भने, ‘हाम्रो १८० किलोवाट क्षमताको चार्जिङस्टेशन अमर चोकमा रहन्छ, त्यहाँसम्म सहज रुपमा गाडी पुग्छन् र चार्ज गरेर फर्कन्छन् ।’

यसका लागि कसिस कम्पनी अफ इंग्ल्याण्ड, चाइनिज कम्पनी बिएके, सुन्दर अटो इन्जिनियरिङ लगायत कम्पनीबीच सहकार्य भइरहेको छ । 

अहिले कम्पनीले काठमाडौँ र रुपन्देहीको सैनामैनामा गरी २२ वटा बिजुली बस चलाईरहेको छ । 

आफ्नै देशमा उत्पादित बिजुलीबाट बस चल्ने भएकाले पेट्रोलियम पदार्थको खपत कम हुन गई खर्च कटौती हुने र वातावरणसमेत प्रदुषण हुनबाट जोगिने थापाको भनाई छ । तर, सरकारले आफूहरुको अपेक्षा अनुसार बिजुली बस चलाउन सहजीकरण नगरिदिएको गुनासो थापाको छ ।

‘बिजुली गाडीको भन्सार शुल्क अत्याधिक छ, भन्सार शुल्क तिर्ने पैसाले त अर्को पेट्रोलबाट चल्ने गाडी आउँछ’ उनले भने, ‘सडक कर पनि पेट्रोल तथा डिजेलबाट चल्ने गाडीहरुकै बराबर छ, बिजुलीबाट चल्ने सवारीको सडक कर मिनाहा गरिनुपर्छ भन्ने हाम्रो माग छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved