टिभिएसको दशैँ अफर: ४२०० को मासिक किस्तामा बाइक, सोधपुछ गर्नेलाई पनि उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 06:42:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै 'कायापलट' नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटक सम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना भाद्र २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । योजना अन्तर्गत गाडी नकिन्दै  गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार हरेक दिन योजना बारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमि सी ३० स्मार्ट फोन प्रदान गरिने छ। साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार रु.५० लाखको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ ।

कम्पनीका अनुसार यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २०% डाउनपेमेन्ट वा रु ४,२०० को मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्ने कम्पनीले जनाएको छ। 

विजेताहरूको घोषणा प्रत्येक मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने कम्पनीले उल्लेख गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved