रेनो गाडीको चाडपर्व अफर: एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 10:52:47 AM मा प्रकाशित

laxmi  sunrise bank

रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक वर्षको लागि निःशुल्क पेट्रोल र सडक कर, २ वर्षको लागी निःशुल्क सर्भिसिंगको साथै एक्स्चेन्ज बोनस, लोयल्टि बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसको साथै रेनो उत्सव अन्तर्गत उपभोक्ताहरुले स्योर शट इजि फाइनान्स तथा स्पट भ्यालुएसन र एक्स्चेन्जको पनि लाभ उठाउन सक्नेछन् ।नेपालीहरुको महान चाड विजयादशमी, दिपावली तथा छठलाई लक्षित गरेर आफ्नो उपभोक्ताहरुको चाडपर्व अझै हर्षोल्लासमय बनाउने उद्धेश्यको साथ यी अफरहरु ल्याइएको कम्पनीले उल्लेख गरेको छ । यो अफरसँगै नेपाली उपभोक्ताहरुले गाडी खरिद गर्ने आफ्नो सपना सहजताका साथ साकार गर्न सक्ने कम्पनीले विश्वास लिएको छ ।  योजनामा शर्त हरु लागु हुने कम्पनीले जनाएको छ ।  

  रेनोको काइगर, ट्राइबर, क्विड लगायत अन्य भेरियन्ट्का गाडीहरु नेपाली बजारमा उपलब्ध छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved