बीवाईडीको डल्फिन गाडी सार्वजनिक, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2023 | 03:16:20 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘डल्फिन’ गाडी ‘लन्च’ गरेको छ । कम्पनीले नाडा अटो शोको एक दिन अगाडी आज गाडी सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार  ह्याचव्याक सेग्मेन्टमा आउने बीवाईडी डल्फिनमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ । यसमा भएको सानो ब्याट्रीले ४०० किलोमिटर र ठूलो ब्याट्रीले ५०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइन्छ । १८५ एम.एम.को ग्राउन्ड क्लियरेन्स भएकोको लम्बाई ४ हजार ७० एमएम, चौडाई १ हजार ७७० एमएम र उचाई १ हजार ५७० एमएम रहेको छ । 

डल्फिनमा फ्ल्याटवटम मल्टी फङ्सनल स्टेयरिङ ह्वील, १२.८ इन्चको फ्लोटिङ टच स्कृन, ५ इन्चको फूल एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, पछाडिको सिटमा बस्ने यात्रुका लागि आर्मरेष्ट जस्ता फिचर छन् ।

 डल्फिनमा ४४.९ किलोवाट आवर ब्याट्री रहेकोले सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिने कम्पनीले जनाएको छ ।  याे गाडिमा ७० किलावाट क्षमताको मोटर जडान भएको छ भने यसको लम्बाई ४२९० एमएम, चौडाई १७७० एमएम र उचाई १५७० एमएम रहेको छ । गाडीको मूल्य ३९ लाख ८० हजार तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved