नाडा अटो शो आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 09:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजना आज भाद्र २६ देखि  “नाडा अटो शो २०२३” सुरु भएको छ  । यो शो सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको रुपमा रहने नाडाले जनाएको छ ।  

नाडाका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु रहने छन् । उक्त प्रर्दशनीमा प्रख्यात अन्तराििष्ट्रय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत रहने छ । प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ वटा वित्तिय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ ।

प्रदर्शनीलाई बढी जानकारीमुलक, सेवामूलक र ग्राहकमुखी बनाउन अटो सम्वन्धि सेवा सुविधा दिने जस्तै वित्तिय सेवा, विक्रिपछिका सेवा, आदिकाछुट्टाछुट्टै स्टलहरु रहने छन् भने अटो सम्वन्धी जानकारी दिने म्यागेजीन तथा पत्रपत्रिकाहरुका लागि पनि एउटा छुट्टै साझा मिडिया स्टलको व्यवस्था गरिएको छ । आम सर्व साधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी व्यापक सुसूचित गराउने उदेश्यका साथ महानगरीय ट्राफिक प्रहरी महाशाखा, काडमाडौंको सुचना–कक्ष समेत प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।

उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन  गरिने नाडाले उल्लेख गरेको छ । प्रदर्शनी स्थलमा सजिलै आवागमन गर्नकालागि काठमाण्डु मल, सैनिक कल्याणकारी भवन, बस पार्क भिउ टावर लगायतका सार्वजनिक पार्किङ्ग स्थलहरूबाट महानगर यातायातको सहयोगमा शटल बस सञ्चालन हुने छ । एक्स्पोलाई व्यवस्थित बनाउन, प्रदर्शनी स्थलमा भिड–भाड कम गर्न एवं आगन्तुकहरुको भ्रमणलाई सहज बनाउन आजकै मिति देखि खल्ती एप मार्फत अनलाईन टिकट खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । आज देखि भाद्र २५ गतेसम्मको अग्रिम अनलाइन टिकट खरिदमा खल्ती द्वारा २० प्रतिशत क्यास ब्याकको अफर समेत रहेको नाडाले जनाएको छ ।

६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२३ मा लगभग ७५००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास आयोजकको रहेको छ । यस वर्षको थप आकर्षणमा कुजु नेपाल प्रा. लि.को प्रायोजनमा नाडाले टिकटको लक्की ड्र गरी भाग्यसाली एक जना आगन्तुकलाई Yadea E8S Pro Electric Scooter उपहार दिने व्यवस्था समेत गरेको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved