हुन्डाइको बम्पर प्राइज 'एक्सटर' सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 09:11:31 AM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाइं नेपालले भदौ २१ देखि सार्वजनिक गरेको फेष्टिभ डिलाइट अन्तर्गत बम्पर प्राइज रहेको हुन्डाइं एसयुभीको अनावरण गरेको छ। नाडा अटो शो को पहिलो दिन अर्थमन्त्री प्रकाश शरण महतले उक्त एसयुभी हुन्डाई एक्सटर रहने गरि सार्वजनिक गरेका हुन्। 

हुन्डाई फेष्टिभ डिलाइट २०८० अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरीदमा रु. ६ लाख सम्मको आकर्षक नगद छुट, स्काच कार्ड मार्फत थप रु १ लाख सम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। आफ्ना ग्राहकहरुको सन्तुष्टिको निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहक लक्षित योजनाहरु सार्वजनिक गर्दै आइरहेको छ र यही क्रममा फेष्टिभ डिलाइट २०८० योजना अन्तर्गत Bumper Prize मा Hyundai Exter प्राप्त गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

अटो शोमा हुन्डाईको B5 स्टल भ्रमण गरेर  हुन्डाईका विभिन्न उत्पादनहरुको जिज्ञासाहरु पनि मेट्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ। यो योजना छठ पर्व सम्म लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved