ललितपुरमा बीवाईडीको नयाँ शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 06:17:09 PM मा प्रकाशित

laxmi  sunrise bank

बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । बीवाईडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुल्चोकमा उक्त शोरुम सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गरेका हुन्। 

यस संगै सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले वान स्टप सोलुसन प्रदान गर्ने र  एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन सेवा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसले बीवाईडीको पहुँचयोग्य र दक्ष चार्जिङ पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतालाई समेत प्रमाणित गरेको कम्पनीको दाबी छ। उक्त शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुने कम्पनीले जनाएको छ। 

 यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved