भेष्पा अप्रिलिया खरीद गर्दा ६० प्रतिशतसम्म फाइनान्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 07:01:52 PM मा प्रकाशित

laxmi  sunrise bank

डेल्टा अटोकर्प र हुलास फिनसर्भको साझेदारीमा भेष्पा अप्रिलिया खरीदकर्ताले सरल रूपमा फाइनान्स सुबिधा प्राप्त गर्ने भएका छन्।भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध गराउनका लागि हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड संग साझेदारी गरेको छ ।

नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक बितरक डेल्टा अटोकर्प प्रा.लि ले जनाए अनुसार ग्राहकहरुले स्कुटरको मुल्यको ६०% सम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिना सम्म रहनेछ । यो सुबिधा नेपाल भरका भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।

डेल्टा अटोकर्प प्रा.लि का सि.इ.ओ तथा निर्देशक विजय महत्तो भन्छन् , “डेल्टा अटोकर्प आफ्ना ग्राहकबर्ग हरु प्रति समर्पित छ । हामी यो घोषणा गर्न पाउँदा उत्साहित छौ कि डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ । यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुबिधा सुनिश्चित गर्दछ ।”

हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडका महाप्रबन्धक समिर ठाकुर भन्छन् , “हाम्रो सरल फाइनान्स सुबिधाले ग्राहकहरुका लागि फाइनान्समा स्कुटर खरिद गर्न अबिश्वसनिय रुपमा मद्दत पु¥याँउछ । हाम्रो सरल र सुलभ फाइनान्स प्रकृयाले डेल्टा अटोकर्पसँग साझेदारी गर्दै ग्राहकहरुलाई सुबिधाजनक र सरल फाइनान्स सुबिधाहरु प्रदान गर्नेछौ।” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved