हुन्डाई एक्सटरको बुकिङ खुल्ला, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 08:00:54 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित SUV Exter को बूकिङ आज देखि खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।

कम्पनीका अनुसार Hyundai Exter ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो SUV हो जुन Hyundai Venue भन्दा अघि रहने छ। आकर्षक बनोट र बिभिन्न फिचरले Exter लाई एक बिशेष SUV बनाएको छ ।  गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY) को विजेता समेत बनेको थियो ।

कम्पनीले भनेको छ 'एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ। '

कम्पनीका अनुसार १.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु safety, convenient र comfort का फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ । यसमा १८५ mm को उत्कृष्ट ground clearance रहेको छ, जस्ले गर्दा नेपाल को बिभिन्न बाटोहरुमा सहज यात्रागर्ने आत्मविश्वास दिलाउँछ। हील एसिस्ट कन्ट्रोल (HAC) र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (VSM) जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ।

कम्पनीले भनेको छ '६ कलर अप्सनमा आउने EXTER नेपालमा E, S र SX गरी तीन भेरियन्ट मा उपलब्ध हुनेछ जस्को मुल्य क्रमश रु. ३४,९६०००/-, ४०,९६,०००/- र ४४,९६,०००/- हुनेछ । '

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ + चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved