टिभिएसको १ लाख सेलेब्रेसन एनओजी राइड सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 06:04:18 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले एनओजी राइड सम्पन्न गरेको छ । कम्पनीले १ लाख एन्टर्क स्कुटर बिक्रि गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड गराएको हो ।

गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टिभिएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको कम्पनीले जनाएको छ । 

साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको कम्पनीले उल्लेख गरेको छ । सहभागी राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदानका साथै उक्त राइडमा स्कुटरहरु राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको कम्पनीले जनाएको छ । 

उक्त राइडमा हेड मार्शल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुका साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । साथै प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेशनको बारेमा जानकारी दिनुभएको थियो भने मार्र्केटिङ डेप्युटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरुलाई स्वागत गराएका थिए ।

राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको कम्पनीले जनाएको छ । 

२०१८ मा नेपालमा लन्च भएको स्पोर्टी स्मार्ट स्कुटर टिभिएस् एनटर्क १ लाख बिक्री भईसकेको हो ।

जगदम्बा मोटस टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved