चौधरी ग्रुपले भित्र्यायो ‘आयोन वाई’ ईभी, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 06:28:31 PM मा प्रकाशित

laxmi  sunrise bank

चौधरी ग्रुपले नयाँ विद्युतीय गाडी ‘आयोन वाई’ नेपाल भित्र्याएको छ । मंगलबार चौधरी ग्रुपले आयोन ब्राण्डको ईभी ‘आयोन वाई’ सार्वजनिक गरेको हो ।

आयोन वाई ईभीको लम्बाई ४५ हजार ३५० एमएम, चौडाई १ हजार ८७० एमएम र उचाई १ हजार ६५० एमएम छ । यसमा २ हजार ७५० एमएमको ह्वीलवेस पाउन सकिन्छ । चिनियाँ यस ईभीको ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ ।

कम्पनीले यसमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको जनाएको छ । कप होल्डर, वायरलेस चार्जर लगायतका सुविधा पनि दिएको छ । 

यु गाडीमा ६१.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । यसलाई सिंगल चार्जमा ५ सय किलोमिटर गुडाउन सकिने र यसको मोटर क्षमता १ सय किलोवाट रहेको कम्पनीले जनाएको छ । 

कम्पनीले आयोन वाई ईभीको मूल्य ५४ लाख ९९ हजार रूपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved