इभी नेपालको भ्यालेन्टाइन स्किम: गाडी किन्दा सुनको हार र स्कुटी किन्दा हिराको औँठी उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 08:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इभी नेपाल मोटर्सले भ्यालेन्टाइन स्किम ल्याएको छ। जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा हिराको औँठी उपहार पाइने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार स्किम निश्चित समयको लागि लागु गरिएको हो । 

कम्पनीका अनुसार वुलिंग गाडी २०० किमि र ३०० किमी मा उपलब्ध रहेको छ। नक्साल र भैसेपाटी शोरुममा कार किन्न सकिनेछ। स्कुटर भने नेपाल भरिको मुख्य मुख्य सहरमा उपलब्ध रहेको छ। गाडीमा ८ बर्षको वारेन्टीक साथै फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु छ । स्कुटर मा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।कम्पनीले नेपाल भरि डेलिभरीको व्यवस्था संगै सर्भिस र पार्ट्स पनि उपलब्ध गराउने जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved