जिडब्लुएम ओरा खरीदमा ५ लाख बराबरको लाभ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 02:43:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि जि.डब्लु.एमका सवारीसाधनको आधिकारिक आयातकर्ता र वितरक भि.जि इम्पेक्स प्रा.लिले नयाँ योजना ल्याएको छ । कम्पनीले  लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरको लागि नयाँ बिक्री प्रचार योजना ल्याएकोे हो।

कम्पनीका अनुसार यस योजना अन्तर्गत, ग्राहकहरूले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख बराबरको लाभ लिन सक्नेछन् । यो योजनाको अवधि माघ २८ देखि फागुन ३० (फेब्रुअरी ११, २०२४ देखि मार्च १३, २०२४) सम्म रहेको छ। योजनामा ग्राहकहरूले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्ष सम्मको वृहत बीमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरीज प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार  ओरा ब्रान्ड अन्र्तगत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलहरू मध्ये एक हो, जुन जि.डब्लु.एमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ । यसको रेट्रो– मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाहरूले भरिपूर्ण भएका कारण अष्ट्रेलिया, न्यूजिल्याण्ड, इङ्गल्याण्ड, जर्मनी, थाइल्याण्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिली जस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाईरहेकोे कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले भनेको छ 'ओरा ०३ लाई १००% इलेक्ट्रिक प्लेटफर्म ( LEMON) मा डिजाइन गरिएको छ र सुरक्षित फिचरहरु भएकाले ओरा ० ३ लाई ANCAP र Euro NCAP दुवैबाट फाइभ-स्टार सेफ्टि रेटिङ प्रदान गरिएको छ । दुवै ANCAP र Euro NCAP बाट फाइभ स्टार सेफ्टि रेटिङ पाउने केही इलेक्ट्रिक सवारी सवारीसाधन मध्येमा ओरा ०३ सावित भएको छ ।'जि. डब्लु. एम नेपालले ८ वर्ष वा १५,०००० किमी पावर ब्याट्री ( उच्च भोल्टेज ब्याट्री) (जुन पहिले आउँछ), ड्राइभ मोटर ओरा ०३ र, ४ वर्ष वा १५,०००० किमी सबै गाडीमा प्रदान गर्ने गरेको उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved