डाँफे इलेक्ट्रिक बस बिक्री गर्न दिगो र ग्रीन अटोमोबाइल्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 06:23:34 PM मा प्रकाशित

laxmi  sunrise bank

दिगो ग्रुपले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत DFSK Danfe (EC36) को देशव्यापी बिक्री र वितरणका लागि ग्रीन अटोमोबाइल्ससँग सम्झौता गरेको छ। ग्रीन अटोमोबाइल्ससँगको सहकार्यले आधुनिक यातायात आवश्यकताहरूका लागि पर्यावरण-मैत्री र नवीन समाधानहरू उपलब्ध गराउने दिगोको प्रतिबद्धताको महत्त्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दिगो अन्तर्गत N.E.V. Nepal Pvt. Ltd.ले विगत चार वर्षदेखि DFSK Danfe, बहुउपयोगी ११ सिटर इलेक्ट्रिक मिनिभ्यान बिक्री र वितरण गर्दै आएको छ। DFSK नेपालमा सार्वजनिक यातायातका लागि प्रयोग हुने पहिलो ११ सिटर इलेक्ट्रिक मिनिभ्यान हो। यसमा बिधुतिय इन्जिन भएकोले उत्कृष्ट आर्थिक फाइदा दिने र विगत केही वर्षदेखि यात्रा, विद्यालय र व्यावसायिक उद्देश्यका लागि प्रयोग भइरहेको छ। यसलाई विद्यालयका साथै व्यावसायिक यात्रा मार्गहरूद्वारा राम्रोसँग अपनाएको छन् र दिगोपन र शून्य कार्बन उत्सर्जन, लामो दायरा र कम सञ्चालन लागतमा योगदानको कारण सकारात्मक रूपमा लिइएको छ। हाल समयसम्म २,९०,०००+ किलोमिटर र ४+ वर्ष सफलतापूर्वक सञ्चालन भएको यो नेपालको एक मात्र बिधुतिय सवारी साधन रहेको कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ 'मिशन शून्य उत्सर्जनको आफ्नो उदेश्य साथ दिगोले नेपालमा बिधुतिय सवारीसाधनको इकोसिस्टम प्रवर्द्धनमा केन्द्रित रहेको छ। उनीहरूले नेपाली बजारमा बिधुतिय सवारीसाधनको बिक्री, सर्विस र स्पेयर पार्ट्सका साथै दिगो मार्फतका अन्य भागहरूले बिधुतिय सवारीसाधन भाडामा दिने र चार्जिङ समाधानहरू उपलब्ध गराउँछन्। नेपालमा इन्धन सवारी साधनको प्रयोगमा कमी आएको र आत्मनिर्भर बिधुतिय उर्जाको प्रवद्र्धन गरी वातावरण र आर्थिक दिगोपन दुवैलाई प्रवर्द्धन गर्न यो एउटा ठूलो पहल हो ।'

कम्पनीका अनुसार यस सम्झौता अनुसार ग्रीन अटोमोबाइल्स, अटोमोटिभ वितरण क्षेत्र मा एक प्रतिष्ठित खेलाडीले आफ्नो अनुभवसँगै DFSK Danfeको बिक्रीको लागि एक बलियो नेटवर्क ल्याउनेछ। DFSK Danfe को लागि दिगोको राष्ट्रिय साझेदारको रूपमा ग्रीन अटोमोबाइल्सले व्यापक उपलब्धता, प्रभावकारी वितरण, र शीर्ष बिक्री पछि सेवाहरू सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

ग्रीन अटोमोबाइल्सको प्रतिनिधित्व गर्दै अर्जुन कार्कीले भने "हामी DFSK Danfe को लागि दिगोको राष्ट्रिय साझेदारको रूपमा छनोट हुन पाउँदा सम्मानित छौं। यो सहकार्य नेपालमा आधुनिक गतिशीलता समाधानहरूप्रति हाम्रो प्रतिबद्धतासँग पूर्ण रूपमा मेल खान्छ। DFSK Danfe मिनिभ्यानहरू नेपालभरका उपभोक्ताहरूका लागि रुचाइएको छनोट हो।"  

दिगो ग्रुप अफ कम्पनीजका अध्यक्ष राजन रायमाझीले  भने, “हामी DFSK Danfe लाई नेपालभरका फराकिलो दर्शकमाझ पुर्‍याउन ग्रीन अटोमोबाइल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित छौं। यो सहकार्य विस्तार गर्ने मात्र होइन हाम्रो बजारको पहुँच, यो दिगो भविष्यलाई बढावा दिने र मिशन शून्य उत्सर्जनको कम्पनीको उदेश्यतर्फ अघि बढ्नको बारेमा हो।"

यो साझेदारीले नेपालमा यातायातलाई वातावरण मैत्री र थप दिगो भविष्यमा योगदान पुर्‍याउँदै बिधुतिय मिनिभ्यानहरू अपनाउने कार्यलाई तीव्र पार्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। दिगो र ग्रीन अटोमोबाइल्स विश्वस्त छन् कि DFSK Danfe ले देशको यातायात परिदृश्यमा उल्लेखनीय प्रभाव पार्ने कम्पनीले उल्लेख गरेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved