
रोयल इन्फिल्डले “हन्टर कार्निभल” आयोजना गर्ने भएको छ। रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लिले फागुन १२ गते “हन्टर कार्निभल” आयोजना गर्ने जनाएको हो ।
यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् लगायतका कार्यक्रमहरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल फागुन १२ गते इजी वे ट्रायल सेन्टर संखमुलमा हुने छ ।