
जिरो इमिसन राइडले लुयान एक्सचेन्ज अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबारदेखि लागु हुनेगरी एक्सचेन्ज अफर ल्याएको हो ।
नयाँ र विद्युतीय सवारीसाधन खरिद गर्न चाहने तर आफुसँग भएको पुरानो बाइक वा स्कुटरलाई कता बेच्ने भन्ने समस्या भएका ग्राहकलाई यो अफरले सहज बनाउने कम्पनीले दावी गरेको छ । कम्पनीका अनुसार उक्त एक्सचेन्ज अफर मार्फत थप १५ हजार रुपैंया सम्म अतिरिक्त मुल्यांकन हुनेछ । जसको कारणले पुरानो सवारीसाधनमा ग्राहकले आफुले आशा गरेअनुरुपको मुल्य पाउने सम्भावना रहने कम्पनीको भनाई छ ।
यसका अलावा नयाँ लुयान स्कुटर खरिद गर्नेका लागि सधैं झैं चालु आर्थिक बर्षको कर तथा एउटा प्रिमियम हेलमेट निःशुल्क प्रप्त हुनेछ । यो स्किम कम्पनीको मुख्य शोरुम नागपोखरी, काठमाण्डौं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरुबाट पाउन सकिनेछ ।
लुयान ब्राण्डका हरेक स्कुटरहरुमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।
यसका साथै लुयानका स्कुटरहरुमा रन फ्ल्याट टायरको प्रयोग गरिएको हुन्छ । टायर पन्चर भएर त्यसमा हावा कत्ति नभए पनि करिब ४० देखि ५० किलोमिटर सम्म चलाउँदा पनि रिम र टायरमा असर पर्दैन ।
विगत ५ बर्षदेखि ‘जिरो इमिसन राइड (एन)’ले चीनमा निर्मित ‘लुयान’ का विद्युतीय स्कुटरहरु नेपालमा आधिकारिक वितरकको रुपमा बिक्रिवितरण गर्दै आएको छ ।
राजधानीका ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरका विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत लुयान ब्राण्डका स्कुटरहरुको बिक्रिवितरण र बिक्रिपछिको सेवाको व्यवस्था कम्पनीले मिलाएको छ ।