सेरेसको नयाँ शोरुम बुटबलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2024 | 08:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सेरेसले बुटबलमा शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बुटबलमा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।

नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमा डिलरशिपका लागि इ एम मोटर्ससँग साझेदारी गरेको जनाएको छ । कम्पनीले सो शोरुम फागुन ११ गते उद्घाटन गरेको जनाएको छ । 

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई , एमएडब्लू वृद्धि अटोकोर्प का बिजनेष हेड प्रशन्न पन्त, इएम मोटसका डाईरेक्टर राजेश घिमीरे  लगाएतले सोरुमको उदघाटन गरेका थिए । रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको  भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपिय हुने विश्वास ब्यक्त गरे  ।    

शोरुम उद्घाटनको अवसरमा एक जना  ग्राहकलाई  इएम  मोटर्सले सेरेस थ्रि  इभी  गाडी हस्तान्तरण गरेको छ । 

सेरेसको बारेमाः

सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ ।

सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो र यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ जसमा नेपाल ७१औँ गौरवशाली स्थान बनेको छ ।

सेरेस हुवाएको निर्माण साझेदार हो र यसले सन २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीमा स्थापित सेरेसले चीन, जापान र अमेरिकामा अवस्थित तीनवटा आर एन्ड डी केन्द्रहरूसँग अनुसन्धान र विकासको लागि आफ्नो प्रतिबद्धता प्रदर्शन गर्दछ ।

नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध उराएको छ ।

सेरेस ३ कम्फर्ट र प्रिमियम दुई भेरियन्टहरुमा उपलब्ध छ जसको मूल्य क्रमशः ४९ लाख ९९ हजार र ५२ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ ।

सेरेस मिनी ईभी तीन भेरियन्टमा उपलब्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved