उपत्यकामा लुयान इलेक्ट्रिक स्कुटरको ७ वटा सर्भिस सेन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 03:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुरमा गरि ७ ठाउँमा संचालनमा आएको छ । चीनमा आजभन्दा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको हो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको पनि ५ बर्ष भएको छ । 

यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको जनाएको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको कम्पनले जनाएको छ ।

कम्पनीका अनुसार काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेका छन् ।

सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताए । उनका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् । निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ्ग सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved