हिरोको पार्टपुर्जा अभाव हुन नदिने सिजी मोटर्सको प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 06:50:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी मोटर्सले हिरो मटरसाईकलको आफ्टर सेल्स सर्भिस चुस्त बनाउने भएको छ । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिजी मोटर्सले सर्भिस चुस्त र पार्टपुर्जा अभाव हुन नदिने प्रतिवद्धता जनाएको हो । 

विगत केही समयदेखि हिरोको आधिकारिक विक्रेताको बोरमा अन्योल कायम रहदा हिरोका उपभोक्ताहरूले अफ्टर सेल्स सर्भिसमा समस्या ब्यहोर्नु परेको थियो । अब सीजी मोटर्स हिरोको आधिकारिक विक्रेता तोकिएपछि यो अन्योलबाट उपभोक्ताले मुक्ति पाउने अवस्था बनेको जनाएको छ । 

कम्पनीले हिरोको सेल्स, सर्भिस र स्पेयर्स पार्टस् (थ्रि एस) सेवालाई सर्वोत्कृष्ट बनाउने दाबी गरेको छ । अबदेखि पार्टपुर्जा नपाएर उपभोक्ताले हैरानी पाउने अवस्था रहने कम्पनीले स्पष्ट पारेको हो ।

हिरोको आधिकारिक विक्रेताको जिम्मेवारी पाए लगत्तै उपभोक्ताका समस्या सम्बोधन गर्न काम सुरु गरिसकेको सिजी मोटर्सले जनाएको छ । 

पछिल्लो केही समयदेखि पार्टपुर्जा आयात नभएकोले बजारमा अभाव देखिन सक्छ सक्ने भन्दै यस्तो अभाव धेरै समय भने नरहेने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved