बिवाईडीको सुपरकार मोडल 'यु ९' अनावरण, ३०९.१९ किलोमीटर प्रति घण्टासम्मको गति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 08:42:26 PM मा प्रकाशित

laxmi  sunrise bank

 विद्युतीय सवारीसाधन उत्पादक बिवाईडीले आफ्नो पहिलो प्रीमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल U9 को अनावरण गरेको छ। बिक्री मूल्य १६ लाख ८० हजार चिनियाँ युवान मूल्य तोकिएको YANGWANG U9 को बिक्री वितरण यहि बर्षको गर्मीमा गरिने कम्पनीले जनाएको छ।  

कम्पनीले भनेको छ '"टाइम गेट" डिजाइनको भाषालाई अनुशरण गर्दै, YANGWANG U9ले एक विशिष्ट सौन्दर्यकला प्रतिबिम्वित गर्दछ, जसले नौंलो समानुपात, र पावर को बोध गराउँछ र एक सम्पूर्ण इलेक्ट्रिक सुपरकारको व्यक्तित्व प्रतिबिम्बित गर्दछ। U9 लाई मजबूत प्रविधिहरूको प्रयोग गरेर, ट्र्याकका, सडकका, तथा  रमाइलोका लागि तयार, गरिएको छ ।YANGWANG U9मा जडित दुई मुख्य प्रविधिहरु, e4 प्लेटफर्म र DiSus-X बडीलाई नियन्त्रण गर्ने बौद्धिक प्रणाली, सम्पूर्ण इलेक्ट्रिक सुपरकारको खण्डमा क्रान्तिकारी छ, ट्र्याक प्रदर्शन, सडक अनुकूलन क्षमता, र रमाइलो विशेषताहरूलाई अविचलित रूपमा इंटीग्रेट गर्दछ।'

कम्पनीका अनुसार e4 प्लेटफर्म एक पावर सिस्टम हो, जसमा चार स्वतन्त्र इलेक्ट्रिक मोटरहरू छन्, चार वटै पंग्राको स्वतन्त्र ट्वर्क निर्यात नियन्त्रणले उपयोगकर्ताहरूलाई सुरक्षा, प्रदर्शन, र अनुभवक अनुभूति दिन्छ। YANGWANG U9 मा १,३०० हर्सपावर र अधिकतम १६८०N·m को ट्वर्क क्षमता छ।

कम्पनीका अनुसार BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणाली यस मा भएको अर्को नविन प्रयोग हो। BYD DiSus-X इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणालीको पहिलो प्रयोगले YANGWANG U9 को सस्पेन्सनलाई उच्चतम ७५mm सम्मको यात्रा गर्न दिन्छ। र, यसको ५००mm/सेकेण्ड को सिङ्गल- एक्सिस लिफ्टिङ स्पीड र अधिकतम १ टनभन्दा बढी भर उठाउन क्षमताले ब्रेकिङ्ग, एसिलेरेसन, मोड र रोडको अवस्था जस्ता जुनसुकै परिस्थितिमा पनि U9 मा उपलब्ध सुविधाहरुले चालक र यात्रु दुबैलाई अभुतपुर्व ड्राइभिंग अनुभव प्रदान गर्दछ। यसको अतिरिक्त, YANGWANG U9 मात्र एक क्लिकमा संगीतमा नृत्य गर्न सक्ने कम्पनीले जनाएको छ।

हाल सालै गरिएको अनुसन्धानमा, YANGWANG U9 को  शीर्ष गति ३०९.१९ किलोमीटर प्रति घण्टा र ० देखि १०० किलोमीटर प्रति घण्टा २.३६ सेकेण्डमा, ०-४००m एसिलेरेसन मात्र ९.७८ सेकेण्डमा भन्ने प्रमाणित भएको कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved