बीवाईडी 'वोर्ल्ड कार अवार्ड'को टप ३ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 04:49:04 PM मा प्रकाशित

laxmi  sunrise bank

२६ फेब्रुअरीको जेनेभा मोटर शोमा वोर्ल्ड कार अवार्ड २०२४ को लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा भएको छ। BYD को मोडल BYD SEAL लेवोर्ल्ड कार ओफ यर BYD DOLPHIN, लेवोर्ल्ड अरबन कार” श्रेणीहरूमा टपस्थान हासिल गरेका छन्

BYD ले " वोर्ल्ड कार अवार्ड " श्रेणीको शीर्ष तीनमा सुचिकृत हुने पहिलो एक मात्र चिनियाँ कार निर्माताको इतिहास बनाएको छ।

"विश्वमा  अटोमोटिभ ओस्कर" को नाममा प्रसिद्ध भएको " वोर्ल्ड कार अवार्ड " विश्वभरको अटोमोटिभ उद्योगमा धेरै प्रतिक्षित कार्यक्रमको रूपमा बिशेष चर्चा गरिने गरिन्छ। BYD को असाधारण प्रदर्शनले नै यसलाई विश्वकै प्रमुख विद्युतीय सवारीसाधनको नेतृत्वको स्थानमा पुर्याएको हो।  

विद्युतीय सवारीसाधन क्षेत्रमा अग्रणीको रूपमा, BYDले २०२३ मा ३० लाख विद्युतीय सवारीसाधन बिक्री गर्दै, दोस्रो वर्षका लागि पनि विश्वभरमा शीर्ष स्थान मात्र नभएर ग्लोबल अटोमोटिभ ब्रान्डहरूको शीर्ष दशमा समेत प्रवेश गरेको थियो जुन चिनिया अटोमोटिभ निर्माताको लागि इतिहासमै पहिलो हासिल थियो

अहिलेसम्म BYD ले महादेशका ७० देशका ४०० भन्दा बढी शहरहरूमा उपस्थिति प्रस्तुती गरिसकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved