नेपाली बजारमा भित्रियो आइचरको इन्जिन आयल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 07:52:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले EICHERS को इन्जिन आयल भित्राएको  छ। टगालस्थित बतास एम.ए.डब्लु.को मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले EICHERS को इन्जिन आयल भित्राएको जानकारी दि

कार्यक्रमको अवसरमा बतास एम.ए.डब्लु. कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक बतासले EICHERS  इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । व्यवसाईले व्यवसाय गर्नको लागि गाडी खरिद गर्ने उल्लेख गर्दै उनले तेसको हेरचार गर्नु व्यवसाईको कर्तब्य भएको बताए उनले भने, ' कुनैपनि Engine बिशेष प्रबिधि अनुरुप बनेको हुन्छ र तेसमा प्रयोग हुने लुब पनि बिशेष प्रकारले बानाईएको हुन्छ, जसले गर्दा Engine को performance  बढ्नुको साथै Engine को आयुमा वृद्धि हुन्छनक्कली वा कम गुणस्तरको लुब प्रयोग गर्दा इन्जिनको स्वास्थ्य र कार्यसम्पादनमा ह्रास आउछ ।'

EICHER कम्पनीद्वारा उत्पादित इन्जिन आयल, ट्रान्समिसनआयल, इन्डष्ट्रियल आयल, आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । EICHER Lube फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिने जनाइएको छ ।

भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ। विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved