एमजि मोटर्सले ल्यायो पहिलो ईभी चार्जिङ एप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 02:34:20 PM मा प्रकाशित

laxmi  sunrise bank

पारामाउन्ट मोटर्सले पारामाउन्ट चार्जिङ सोलुसन एप सार्वजनिक गरेको छ । एपले एमजिको विद्युतीय गाडी चलाउने ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध यो पारामाउन्ट चार्जिङ सोलुसन एप डाउनलोड गर्न सकिने छ । चार्जिङ्ग शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी हुने भएकोले अनिवार्य ʻखल्ती एप’ हुन जरूरी हुन्छ । त्यसैले कम्पनीले सबैलाई ʻखल्ती’ एप डाउनलोड गर्न आग्रह गरेको छ । 

पारामाउन्ट चार्जिङ सोलुसन एपले देशभर रहेका ३० किलोवाट डिसी चार्जिङ स्टेसनका लाईभ अपडेटको साथै चार्जिङ्ग भुक्तानीमा सहजता पु¥याउने छ । यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस इभी र एमजी फो इभीका ग्राहकहरुलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जानकारी दिएको छ ।  

साथै यस एप अन्तर्गतको आर.एफ.आइ.डी कार्ड मार्फत देशभरिका कुनै पनि एमजिका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सकिने छ । आर.एफ.आइ.डी कार्ड कम्पनिबाट लिनको लागि भ्याट सहित रु.५०० को वार्षिक सदस्यता शुल्क तिर्नुपर्ने हुन्छ । यो शुल्क चार्जिङ मसिनहरु र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले २४ घन्टा चार्जिङ सोलुसनहरु उपलब्ध गराइ चार्जिङ्ग सम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ । एमजी आर.एफ.आइ.डी कार्ड रिक्वेस्ट गर्न अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सकिने छ । 

आर।एफ.आइ.डी फारम भर्दा सुविधा अनुसार कार्ड डेलिभरीका लागि नजिकैको शोरूम रोज्न सकिने छ । नेपालमा हाल एमजिको २१ वटा शोरूमहरु रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved