सीजी मोटर्सद्वारा हिरोको एसेम्बलिङ प्लान्ट उद्घाटन, वार्षिक कति छ उत्पादन क्षमता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2024 | 06:08:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सीजी मोटर्सले नेपालमै हिरो मोटरसाइकल तथा स्कुटरको एसेम्बल प्लान्ट उद्घाटन गरेको छ । सीजी मोटर्सले हिरोका ४ वटा मोडल एसेम्बल गर्ने प्लान्ट स्थापना गरेको हो ।

हिरोको एसेम्बलिङ प्लान्टमा वार्षिक ७५ हजार हिरो मोटरसाइकल तथा स्कुटर उत्पादन गर्न सक्ने क्षमता छ । 

हिरो मोटोकर्पले एक्सपल्स २०० फोरभी, सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस र जुम ११० नेपालमै एसेम्बलिङ सुरू गरेको हो । यी ४ वटै मोडललाई नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा रहेको एसेम्बली प्लान्टबाट एसेम्बल गर्ने सीजी मोटर्सले जनाएको छ । 

सीजी मोटर्सका कार्यकारी निर्देशक निर्वाण चौधरीका अनुसार ४० वर्षअघि नै प्यानासोनिक ब्रान्ड एसेम्बल प्लान राख्न खोजेको भए पनि त्यतिबेला राख्न नसकेको तर अहिले हिरो नै एसेम्बल थालेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved