टोयोटाको मोटर र्यालीमा राज्यलक्ष्मी शाक्य प्रथम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2024 | 05:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank

टोयोटा बुमन्स मोटर र्यालीमा राज्यलक्ष्मी शाक्यले पहिलो पुरस्कार हात पारेकी छिन् । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्सले वैशाख ८ गते सम्पन्न र्यालीमा शाक्य प्रथम भएकी हुन् ।

सडकमा सुरक्षित यात्रा गर्न र महिला सहभागितालाई प्रोत्साहन गर्न आयोजित टोयोटा बुमन्स र्याली ५५ जना सहभागी थिए ।

शाक्यले टोयोटा नेपालको तर्फबाट ५० हजार रुपैयाँ बराबरको चेक र ट्रफि प्राप्त गरिन् । यस्तै, दोस्रो हुन सफल रिन्छेन लामाले ३० हजार र ट्रफी जितिन्। तेस्रो भएकी स्वस्तिका महर्जनले २० हजार र ट्रफी पाइन् ।

धुम्बाराहीबाट गोकर्ण रिसोर्टसम्म ३० किलोमिटरको र्याली आयोजना गरिएको थियो । यसको रुट क्रमशः कार्यालयबाट नारायण गोपाल चोक, भाटभटेनी मन्दिर, जमल, न्युरोड, भद्रकाली मन्दिर, त्रिपुरेश्वर, बानेश्वर, तीनकुने, एयरपोर्ट, गौशाला, चाबहिल चोक, जोरपाटी हुँदै गोकर्ण फरेस्ट रिसोर्टमा पुगेर टुंगिएको थियो ।

आयोजक युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य यो बुमेन्स र्यालीले समय, गती र सुरक्षाको पाटोमा उपलब्धी हाँसील गरेको बताउँछिन् । ‘आफ्नो जिन्दगीको गाडी आफैं हाँक्नुस्’ भन्ने सांकेतिक सन्देशसहित सुरु गरेको यो र्याली फलदायी भएको अनुभव उनले गरेकी छन् । 

अन्तर्राष्ट्रिय स्तरमै कार राइडिङमा भाग लिसकेकी जिस्वाँ तुलाधर श्रेष्ठ टोयोटाको यो र्यालीमा दोस्रोपटक सहभागी भएकी छन् । सरिता श्री ज्ञवालीले महिला चालकलाई प्रायः सजग भएर नचलाउने भन्ने बुझाई भएकाले यो र्यालीले यस्तो सोचलाई चिर्ने र महिलालाई उत्प्रेरणा जगाएको बताएकी छिन् । 

२४ वर्षदेखि कार चलाउँदै आएकी उनी भन्छिन्, ‘यस्तो खालको प्रतिस्पर्धाले जित्ने ऊर्जा र उत्प्रेरणा दिन्छ, ड्राइभिङ भन्नासाथ पुरुषलाई नै सम्झिने गरिन्छ तर महिला पनि सुरक्षित चालक बन्न सक्छन् है भन्ने सन्देश यसले पनि दिएको छ।’ 

सामाजिक सञ्जालमा बुमन्स र्यालीबारे थाहा पाएपछि सहभागी हुने चाहना जागेको बताउँछिन् २३ वर्षीया मौनतारानी गौतम । सफ्टवेयर इञ्जिनियर गौतम यो र्यालीले महिलाको सहभागिता बढी हुँदा धेरैसँग चिनजान गर्ने मौका जुरेको बताउँछिन् । 

उक्त कार्यक्रम आयोजित स्थलमा विभिन्न खालका करिब २० स्टलहरूमार्फत उत्पादन प्रदर्शन गरिएको छ । २० वर्षअघि नेपालमा टोयोटाले बुमन्स र्याली सुरु गरेको थियो । सन् २००४ बाट र्याली सुरु गरेको टोयोटाको वुमन्स र्यालीमा त्यतिबेला महिला चालकहरू कम थिए भने अहिले धेरै भएकाले सहभागितामा आकर्षण बढेको आयोजकको भनाइ छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved