क्यानको महानिर्देशक प्रधानमन्त्रीले सोझै नियुक्त गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2021 | 03:29:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशक सिधै नियुक्त गर्ने भएका छन् । पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद बैठकबाट सिधै महानिर्देशक नियुक्त गर्ने भएका हुन् ।

पर्यटन मन्त्रालय माधब नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ । तर, मन्त्री नियुक्त भईसकेका छैनन् । जसका कारण उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हाल्दै आएका छन् । 

मन्त्री नभएका कारण मन्त्रालयले महानिर्देशकमा यसपटक कसैको पनि नाम सिफारिस नगर्ने भएको हो । मन्त्री नभएको अवस्थामा सिधै प्रधानमन्त्रीले नै महानिर्देशक नियुक्त गर्ने व्यवस्था भएकोले यसपटक मन्त्रिपरिषदमा कसैको नाम सिफारिस हुने छैन ।

महानिर्देशकको दौडमा निमित्त महानिर्देशक राजकुमार क्षेत्री, उपमहानिर्देशक भोलाप्रसाद गुरागाई र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतावबाबु तिवारी छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved