क्यानको महानिर्देशक नियुक्तिमा माधब नेपालको हस्तक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2021 | 03:18:06 PM मा प्रकाशित

laxmi  sunrise bank

माधब कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा पर्यटन मन्त्रालय पाउने भएको छ । यसअघि पनि पर्यटन मन्त्रालय दाबी गर्दै माधब नेपालले यो मन्त्रालय मातहतमा रिक्त रहेका पदहरुमा तत्काल कुनैपनि नियुक्ति नगर्न भनेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक नियुक्तिको काम रोकिएको छ ।

‘नेकपा एसले पर्यटनमन्त्री मागेको रहेछ, आज टुंगो पनि लाग्यो भन्ने सुनिएको छ’ पर्यटन मन्त्रालय निकट स्रोत भन्छ, ‘उहाँ (माधब नेपाल) ले हाम्रो पार्टीले पाउने मन्त्रालय अन्तर्गतका रिक्त रहेका निकायमा पार्टीले मन्त्री फिक्स गरेर पठाएपछि जो आउँछ उसैले गरेको सिफारिसमा मात्रै नियुक्त गर्नु भनेर प्रधानमन्त्री ज्यूलाई भन्नु भएको छ रे, त्यही भएर अहिले फाइल उठेपनि रोकिएको छ ।’

पर्यटन मन्त्रालयले ३ जनाको नाम किटान गरेर फाइल उठाएको भएपनि अहिले यो काम रोकिएको छ ।

यद्यपी, नेकपा समाजवादीले कसलाई पर्यटनमन्त्री बनाउने भन्ने टुंगो लगाईसकेको छैन । 

क्यानको महानिर्देशक बन्न निमित्त महानिर्देशकसमेत रहेका १२औं तहका राजकुमार क्षेत्री, भोलाप्रसाद गुरागाईं र प्रतावबाबु तिवारी मुख्य प्रतिस्पर्धामा छन् । उनीहरुसँगै ११औं तहका हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण, कुलप्रसाद सिम्खडा, प्रदीप अधिकारी र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने पनि महानिर्देशक बन्ने लाइनमा छन् ।

उल्लेखित नाममध्ये राजकुमार क्षेत्री सिनियर हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved