हिमालय एअरलाइन्सले पायो आइ.एस.ओ प्रमाणिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2022 | 02:49:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल – चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी – हिमालय एअरलाइन्स् नेपालमै सर्वप्रथम आइ.एस.ओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणिकरण हुन सफल भएको छ । एअरलाइन्स्लाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आइ.एस.ओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आइ.एस.ओ ९००१ः२०१५ बाट प्रमाणिकरण गर्दै गत डिसेम्बर २९, २०२१ मै सम्मानित गरिएको हो ।

एअरलाइन्स्ले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालीम लगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरे वापत उक्त प्रमाणिकरण प्राप्त गरेको कम्पनीले जनाएको छ ।  हिमालय एअरलाइन्स अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयन सम्बन्धी इन्जिनियरिङ्ग सेवा वापत आइ.एस.ओ बाट प्रमाणिकरण भएको थियो ।

आइ.एस.ओ ९००१ः२०१५ विश्वव्यापीरुपमै मान्यता प्राप्त स्तरिय व्यवस्थापन प्रणाली अर्थात् व्यवस्थापनका लागि अन्तराष्ट्रिय मानकीकरण संगठन (आइ एसइ) द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो, जसबाट प्रमाणित संस्थाले प्रदानगर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकहरुको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved