वायुसेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ७३ करोड ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2022 | 03:16:04 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलई ऋणको किस्ता तिरेको छ  । निगमले असोज ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ भुक्तानी गरेको छ।

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएको थियो  । निगमले कर्मचारी सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रु.५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ र नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ किस्ता वापतको रकम भुक्तानी गरेको हो।

विगत तीनवर्ष देखि विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी गर्न नसक्ने अवस्था रहेकोमा, निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि, नियमित उडान, अकुपेन्सी दरमा सुधारबाट आम्दानीमा बृद्धि भएपछि पछिल्लो पटक २०७९ असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नु पर्ने ऋण दायित्वको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ पनि भुक्तानी गरिसकेको निगमले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved