दिल्ली उड्न लाग्दा प्लेनको टायर पञ्चर भएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 06:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको जहाजको टायर पञ्चर भएको छ ।

 उडान हुनै लाग्दा जहाजको टायर पञ्चर भएपछि उक्त विमान अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ ।

एयर इन्डियाको एएल–२१६ उडान नम्बरको जहाज आज अपरान्ह ३ः४० बजे काठमाडौँबाट नयाँ दिल्ली उड्ने तालिका थियो । तर, ट्याक्सी वे पार गरेर थ्रेसहोल्ड एरियामा पुगिसकेर धावनमार्गमा रन लिने तयारी गर्दा टायर ञ्चिर भएको हो । 

यसलाई ‘टायर फ्लाट’ हुनु भन्ने गरिन्छ । 

टायर पञ्चर भएपछि जहाजलाई तानेर पार्किङ वेमा ल्याएर राखिएको छ । त्यतिबेला विमानस्थलको उडान र अवतरण केहीबेर अवरुद्ध भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved