पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2023 | 02:19:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन् । आज आयोजित कार्यक्रममा उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौँबाट पोखरा पुगेका थिए । उनका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन्।

मित्रराष्ट्र चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणले जनाएको छ । विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरु भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved