रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमोस्ट्रेसन’ उडान हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2023 | 11:53:08 AM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको रेसुङ्गा विमानस्थलमा आइतबार नमुना (डेमोस्ट्रेसन)उडान गरिने भएको छ । तारा एयरको ट्वीनअटर जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुल्मीको विमान स्थलमा डेमोस्ट्रेसन उडान गर्न लागेको हो।

विमानस्थल रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा अवस्थित छ। सोही विमानस्थलमा डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको हो।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडानको गर्न लागेको बताए। काठमाडौँबाट गुल्मी आइपुग्न उक्त जहाजलाई ५० मिनेटको समय लाग्ने छ।

आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया अगाडी बढ्ने छ। जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved