सोमबार यति एयरलाइन्सका कुनै पनि जहाज नउड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2023 | 06:07:22 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार पोखरामा जहाज दुर्घटना भएपछि यति एयरलाइन्सले भोलि सोमबार हुने भनिएका आफ्ना सबै उडान रद्द गरेको छ । 

आइतबार साँझ सूचना जारी गर्दै यति एयरलाइन्सले भोलिका लागि तय भएका सबै नियमित उडान रद्द गरिएको जानकारी दिएको हो । यद्यपी, आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।

पोखरामा आज भएको यतिको जहाज दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । जहाजमा ४ जना चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved