बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2023 | 11:25:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने भएको छ । बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान र अवतरण नहुने भएको हो ।

विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीका अनुसार विद्युत आपूर्ति प्रणालीलाई थप व्यवस्थित बनाउन अनलाइन यूपीएस जडान गर्ने कामका कारण उक्त समयमा उडान अवरुद्ध हुने भएको हो ।

विमानस्थलले उक्त समयमा उडान तालिका रहेका यात्रुहरुले आफूले टिकट लिएका वायुसेवा कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved