एक वर्षमै ४ दुर्घटना भएपछि वायुसेवा संघले गठन गर्‍यो अध्ययन समिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2023 | 10:48:11 AM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघले हवाइ जहाज दुर्घटना अध्ययन समिति बनाएको छ । एक वर्षको अवधिमा ४ दुर्घटना भएपछि संघले अध्ययन समिति गठन गरेको हो । 

संघका अध्यक्ष क्या. रामेश्वर थापाले दुर्घटनाको कारण, दुर्घटना न्युनिकरणका उपाय लगायतका विषयमा अध्ययन गर्न ४ सदस्यीय समिति गठन गरिएको जानकारी दिए । समितिले १ महिनाभित्र आफ्नो अध्ययन सकेर प्रतिवेदन बुझाउनेछ । 

पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा गठित समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कङ्साकार र इन्जिनियर एमके श्रेष्ठ सदस्य रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved