पहाडी क्षेत्रका विमानस्थलको सञ्चालन समय पुनरावलोकनसहित क्यानले गर्यो यस्ता निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 02:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

स्टल विमानस्थलमा अतिरिक्त समयमा उडान सञ्चालन गर्नुपूर्व गन्तव्य, हवाई मार्ग र वैकल्पिक विमानस्थलमा भएको मौसमको भीआईसी कायम भएको सुनिश्चित गरी प्रमुख चालक र डिस्पचारको लिखित घोषण पश्चात मात्रै उडान अनुमति प्रदान गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आजको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, नेपालगन्ज विमानस्थलबाट स्टल रुटमा उडान गर्ने वायुसेवा कम्पनीले नेपालगन्ज विमानस्थलमा अनिवार्य रुपमा फ्लाइट अपरेशन अफिसर राख्नुपर्ने भएको छ ।

क्यानले पहाडी क्षेत्रका विमानस्थलका साथै सम्पूर्ण स्टल विमानस्थलहरुको सञ्चालन समय पुनरावलोकन गर्ने निर्णय पनि गरेको छ । यस्तै, इनरुट मौसमको उपलब्धताबारे अध्ययन गर्न क्यानले उपमहानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

Image

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved