अब भीआईपीहरुले विमानसम्म नै आफ्नै गाडी लैजान नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 12:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भित्र  विशिष्ट व्यक्ति (भीआईपी)हरुले जहाजसम्म नै आफ्नो गाडी लैजान नपाउने भएका छन्  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको  आन्तरिकतर्फ अतिविशिष्ट/ विशिष्ट व्यक्ति (भी. भी. आई. पी./ भी. आई. पी.) निषेधित क्षेत्र आवागमन व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८० ' अनुसार यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ ।

जस अनुसार  विशिष्ट व्यक्ति (भीआईपी)हरुले अब भीआईपी कक्षबाट जहाज पार्किङस्थलसम्म आफ्नो सवारी साधन लैजान पाउने छैनन् । उनीहरुको हकमा सुरक्षा प्रहरीसहितको सम्बन्धित वायुसेवाको भीआइपी सवारी साधनले जहाजसम्म लैजाने छ ।  भीभीआइपी (अतिविशिष्ट)को हकमा भने सुरक्षा एस्कर्टसहित आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ । 

विमानस्थलका अनुसार भीआईपीमा सूचीकृतहरुको हकमा भीआईपी सचिवालयका कर्मचारीबाट उनीहरुको आवागमन सहज बनाउन उडान समय भन्दा १ घण्टा अगावै आन्तरिक विमानस्थल टर्मिनल पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआईपी सवारी साधन सहितको विवरण आन्तरिक टर्मिनल भवनमा रहेको पास इकाईमा उपलब्ध गराई सवारी साधनको पास लिन र एयरलाईन्स चेक-इन, लगेज / सुरक्षा जाँचको व्यवस्था मिलाइएको छ । भीआईपी कक्षदेखि आन्तरिक जहाज पार्किंग /र्याम्प सम्मको आवागमन, सुरक्षा प्रहरी सहितको सम्बन्धित वायु सेवाको भीआईपी सवारी साधन मार्फत हुने छ ।


भिभिआईपीहरुको सवारीमा प्रयोग हुने सवारी साधनहरुको हकमा र्याम्प सुरक्षा पालन हुने गरी र्याम्पसम्म सुरक्षा एस्कर्ट सहितको आवागमनको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ। 

यो नोयम लागु भएसंगै पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षहरु तथा मन्त्रीहरुले आफ्नै गाडी जहाजसम्म लैजाने गरेकोमा अब यो रोकिने छ । सम्माननीय पदका भिभिआईपीहरुले मात्र अब आफ्नै गाडी जहाजसम्म लैजान पाउने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved