क्यानका डिजीको खण्डन्, 'मिडियाका प्रकाशकलाई होइन, सिम्रिकका अध्यक्षलाई स्पष्टिकरण सोधेको हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2023 | 05:27:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई. प्रदीप अधिकारीले मिडियासँग स्पष्टिकरण सोधिएको आरोपको खण्डन गरेका छन्। क्यानको नियमनमा रहेको उड्डयन व्यवसायीलाई सोधिएको स्पष्टिकरणलाई मिडियासँग स्पष्टिकरण सोधिएको भनेर गलत प्रचार गरिएको महानिर्देशक अधिकारीले उल्लेख गरेका छन्  । 

सिम्रिक एयरको अध्यक्षको हैसियतमा स्पष्टिकरण सोधिएको तर मिडियाका प्रकाशकको रुपमा स्पष्टिकरण नसोधिएको भदै उनले आज ति समाचारको खण्डन गरेका हुन् । अन्नपूर्ण मिडिया नेटवर्कलाई पठाईएको खण्डन पत्रमा भनिएको छ, "निजलाई सिम्रिक एयरको अध्यक्षको हैसियतमा स्पष्टीकरण सोधेको हो तर निजलाई प्रकाशकको रुपमा स्पष्टिकरण सोधिएको होइन ।' उनले खण्डनको बोधार्थ प्रेस काउन्सिललाई पनि पठाएका छन् 

प्राधिकरणबाट सिम्रिक एयरको अध्यक्षको हैसियतमा हुन लागेको कारबाहीबाट जोगिने र आफ्नो निश्चित स्वार्थ पुरा गर्न आफ्नो मिडियालाई दुरुपयोग गर्न मिल्ने भएको हुँदा अन्नपूर्ण नेटवर्कबाट धाराबाहिक रुपमा प्राधिकरण र आफुलाई लक्षित गरि समाचार प्रकाशित भएको अधिकारीको आरोप छ। 

आफु प्रकाशक रहेको मिडियाबाट भ्रमपूर्ण समाचार लेख्न लेखाउन लगाएको भन्दै केहि दिन अगाडी क्यानले सिम्रिक एयरका अध्यक्ष समेत रहेका क्याप्टेन रामेश्वर थापालाई स्पष्टिकरण सोधेको थियो। तर थापा प्रकाशक रहेको उक्त मिडियाले मिडियाको सम्पादकीय अधिकार र प्रेस स्वतन्त्रतामाथि नै हस्तक्षेप गरी मिडियासँग स्पष्टिकरण सोधिएको भन्दै हिजो भदौ १ गते प्रकाशित पत्रिकामा समाचार प्रकाशित गरेको थियो।

हेर्नुस् उनको खण्डन: 





यो पनि : प्राधिकरणको कारबाहीबारे बोल्यो सिम्रिक एयर, भन्यो- बेथिति विरुद्द बोल्दा सिध्याउन खोजियो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved