‘डिजिटल ट्रान्सफर्मेसन’का लागि हिमालय जेटद्वारा इन्फोसिससँग साढे ६ अर्बको समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2023 | 04:42:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङले बेलायतबा सञ्चालन गर्न लागेको अन्तराष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ले ‘डिजिटल ट्रान्फर्मेसन’ का लागि इन्फोसिससँग ४ करोड बेलायती पाउन्ड (६ अर्ब ६४ करोड नेपाली रुपैयाँ) बराबरको समझदारी गरेको छ ।

 १ अर्ब ६० करोड पाउन्ड (२ खर्ब ६७ अर्ब २० करोड रुपैयाँ) बराबरको कम्पनी मूल्यांकन भएको हिमालय जेटले बहुराष्ट्रिय सूचना प्रविधि इन्फोसिससँग डिजिटल ट्रान्फर्मेसन समझदारी गरेको हो । 

इन्फोसिसले अब हिमालय जेटसँगै हिमालय जेट होलिडेज, हिमालय जेट माइल्स र विश्व सुन्दरी प्रतियोगिताको समेत सूचना प्रविधिसम्बन्धी व्यवस्थापनको काम गर्नेछ ।

हिमालय जेटले बेलायतस्थित लण्डनको हिथ्रो विमानस्थललाई आधार गरेर सन् २०२३ सेप्टेम्बरबाट उडान गर्ने तयारी गरेको छ । नेपालसहित एकैपटक ३२ देशमा उडान गर्ने तयारीमा कम्पनी छ । कम्पनीले बेलायत, फ्रान्स र जर्मनीबाट नेपालमा उडान गर्ने यसअघि नै जनाइसकेको छ ।

१८ वटा वाइड बडी जहाजबाट लामो दुरीको उडान गर्ने बताएको हिमालय जेटले पहिलो चरणमा ५५ क्याप्टेन र ५५ कोपाइलटसहित एक दर्जन उच्च तहका कर्मचारी माग गरिसकेको छ । यसबाहेक करिब २५ सय कर्मचारी माग गरिसकेको छ । 

कम्पनीको मुख्यालय लण्डनस्थित हिथ्रो विमानस्थल टर्मिनल २ मा रहनेछ । ‘स्टार्टअप प्रिमीयम’ एयरलाइन कम्पनी हिमालय जेटले लामो दूरीको उडानमा यात्रुले खेप्नुपरेको अत्यन्त लामो ट्रान्जिट घटाउने छ । 

हिमालय जेटले युरोपेली पर्यटकलाई नेपालका पर्वतीय गन्तव्यसम्म ल्याउने विश्वास लिइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved