क्याप्टेन रामेश्वर थापालाई १० हजार जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 05:29:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई १० हजार जरिवाना तोकेको छ । क्याप्टेन थापाले प्राधिकरणले गर्दै आएको काम र गर्न लागेको काममा बाधा पु¥याएको  भन्दै क्यानले नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम उनलाई १० हजार रुपैयाँ जरिवाना तोकेको जनाएको हो ।

क्यानले सम्रिक एयर लि.को अध्यक्ष रामेश्वर थापाले प्राधिकरणले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटक–पटक अवरोध सिर्जना गरी विद्यमान कानुनको बर्खिलाप हुनेगरी काम गरको भन्दै जरिवाना गरिएको जनाएको छ ।

साथै, थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चार माध्यममा गई प्राधिकरणको संस्थागत उड्डयन नीतिको विरुद्धमा अभिव्यतिm दिई सर्वसाधारण नागरिकमा प्राधिकरणले गरिहको काम कारवाहीमा संन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने तथा नकारात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा अवरोध गरेको पनि प्राधिकरणले जनाएको छ ।

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार प्राधिकरणलाई तिर्न बाँकी रहेको वक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्धार उडान बाहेक अन्य उडानमा क्यानले प्रतिबन्ध लगाएकोमा सोको प्रतिवादस्वरुप थापा अध्यक्ष रहेको कम्पनी सिम्रिक एयरले पत्र पठाएर प्राधिकरणलाई ७ दिने चेतावनी दिएको र यसको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिएर दबाब सिर्जना गरेको क्यानले दाबी गरेको छ ।

प्र्रधिकरणले मिति २०८०।०५।०१ गते ७ दिने स्पस्टीकरण सोधेकोमा सो पत्रको जवाफ तोकेको समयावधि भित्र पेश नगरी थापाले प्राधिकरणको आदेश तथा निर्देशनको समेत अवज्ञा गरेको क्यानले जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved