हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 03:38:54 PM मा प्रकाशित

laxmi  sunrise bank

  हिमालय एअरलाइन्स् आइओएसएमा दर्ता हुने नेपालको पहिलो र एक मात्र  वायुसेवा कम्पनी बनेको छ ।  २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन ९आईएटिए०  ले ३ मार्च २०२५ सम्म मान्य हुने कम्पनीलाई आईओएसए प्रमाणीकरण् दिएको हो ।

कम्पनीले यसलाई एक कोसेढुङ्गाको रुपमा हाँसिल  गरेको उपलब्धि बह्नेको छ।

“हिमालय एअरलाइन्स् प्रा.लि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आईएटिए अपरेशनल सेफ्टी अडिट प्रोग्राम ( आईओएसए ) अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ ।”, उक्त प्रमाणपत्रमा लेखिएको छ ।

आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गर्ने कम्पनीले जनाएको छ । नेपालको पहिलो र एकमात्र आईओएसए  प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको पनि कम्पनीले उल्लेख गरेको छ । आईओएसए को यस कठीन परीक्षण प्रक्रियाले वायुसेवा सञ्चालनका विभिन्न पक्षहरूको मुल्याङ्कन गर्दै दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको कम्पनीले जनाएको छ ।

सञ्चारमाध्यमलाई सम्बोधन गर्दै हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले आफ्नो उत्साह व्यक्त गर्दै भने, “यो कोसेढुङ्गाले नेपालको उड्डयन उद्योगमा सकारात्मक परिवर्तनको सङ्केत गर्छ । हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।”

यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक   नविना कर्माचार्यले भनिन् े, “नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।”

आईएटिए अपरेशनल सेफ्टी अडिट ( आईओएसए ) अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन ( आईएटिए ) द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि  विकास गरिएको हो । 

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मुल्याङ्कनका साथै साइटको समीक्षा समेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई आईओएसए  प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, आईओएसए  दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन आईएटिए सदस्यताको लागि पूर्व शर्त पनि हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved