हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन सर्वोच्चको आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 04:34:30 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिन सर्वोच्च अदालतले आदेश दिएको छ । एक वर्षभन्दा अगाडी दायर भएको मुद्दामा सर्वोच्च अदालतले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएसँगै अब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको बाटो खुलेको हो ।

सबै प्रक्रिया पूरा गरेपछि पनि नागरिक उड्डयन प्राधिकरणले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा नदिएपछि हिमालय एयरलाइन्स अदालत गएको थियो । सातामा ३५ भन्दा बढी उडान गर्ने एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा पाउने निर्देशिका अनुसार सुरुमा हिमालयले यो सुविधा पाएको थियो । तर, पछि क्यानले पर्यटन मन्त्रालयको निर्देशन भन्दै नवीकरण गरिदिएन ।

यसपछि हिमालय एयरलाइन्स २०७९ फागुन ४ गते अदालत गएको थियो । यस मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश द्वय मनोजकुमार शर्मा र बिनोद शर्माको इजलासले हिमालय एयरलाइन्सको पक्षमा परमादेश दिएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार सेल्फ ग्राउण्ड ह्याण्डलिङको पूर्वाधार निर्माणका क्रममा हिमालय एयरले ५० करोड बढी लगानी गरिसकेको छ । उनले अदालतको आदेशको स्वागत गर्दै अब बाँकी पूर्वाधार बनाएर सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्ने बताएका छन् ।

प्राधिकरणले भने सर्वोच्चको आदेशको पूर्णपाठ आएपछि हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ सुविधा दिइने बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved