वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिने, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 04:52:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज भाडामा लिने भएको छ । देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिती देखाई विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्धेश्यले दुईवटा न्यारोबडी जहाज वेट लिज (Aircraft, crew, maintenance, insurance- ACMI) मा लिने प्रक्रिया सुरु गरिएको निगमले जनाएको छ ।

निगमले यो पारदर्शी ढंगले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिइ सार्वजनिक खरिद ऐन, नियम बमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको उल्लेख गरेको छ ।

निगमका अनुसार कार्ययोजना अनुरुप हाल निगमसँग भएको दुइवटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा हाल भएका दुइवटा न्यारो बडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले थप भएका जहाजले सो चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगाएतका सेक्टरमा उडान थप गरी आय वढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ ।

नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएको सन्दर्भमा  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको दश वर्षे व्यवसायिक योजना अनुरुप वजार विस्तार गर्नको लागि जहाज थप गर्न लागिएको निगमले स्पष्ट पारेको छ । उक्त जहाजहरु आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको निगमले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved