एयरपोर्ट प्रशासनले भन्यो, ‘आकाशमै जहाज होल्ड हुने समस्या घट्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2024 | 05:39:53 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जहाजको ‘होल्डिङ’ घटेको जनाएको छ । विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज होल्ड हुने समस्या घटेको जनाएको हो ।

काठमाडौँको आकाशमा जहाजहरुको चाप हुँदा आकाशमै निकै बेरसम्म जहाज होल्ड हुने गरेको थियो । तर अहिले यो समस्या घटेको विमानस्थलले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सोमबार एक विज्ञप्ति जारी गर्दै जहाजको होल्डिङ घटेको बताएका हुन् ।

विज्ञप्तिमा आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाएर ब्यागेज बेल्टको व्यवस्था गरिएको, विमानस्थलमा पर्याप्त ट्रलीको प्रवन्ध गरिएको र १२ जनासम्म अट्ने लिफ्ट जडान गरिएको जनाइएको छ । 

यात्रु सहायता कक्ष निर्माण, भीआईपी सवारीसाधन कार्यविधि निर्माण लगायतका काम समेत भएको एयरपोर्ट प्रशासनले जनाएको छ । निःशुल्क विद्युतीय सटल बस र पार्किङ सुविधा विस्तार गरिएको र चेक इन र प्रस्थान कक्ष विस्तारको काम भइरहेको जनाइएको छ । 

यस वर्ष अन्तर्राष्ट्रिय उडान संख्या र यात्रुसमेत बढ्दा राजस्व संकलन वृद्धि भएको एयरपोर्टले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved