सिद्दार्थ बैंकको सप्ताहव्यापी वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2023 | 06:12:04 PM मा प्रकाशित

laxmi  sunrise bank

 ग्लोबल मनि विक २०२३ को थिम ‘एबिल Plan Your Money, Plant your FutureÚ र ग्लोबल मनि विकको स्थायी नारा ‘Learn, Save, Earn’ लाई सार्थक बनाउने प्रयास स्वरुप देशका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बितिय साक्षरता कार्यक्रम अन्तर्गत कोशी प्रदेशमा १७ वटा, मधेश प्रदेशमा ८ वटा, बाग्मति प्रदेश (उपत्यका भित्र) मा ५१ वटा, बाग्मति प्रदेश (उपत्यका बाहिर) मा ७ वटा, गण्डकी प्रदेशमा ४ वटा, लुम्बिनि प्रदेशमा ५ वटा, कर्णाली प्रदेशमा एउटा र सुदुरपश्चिम प्रदेशमा ५ वटा गरी कुल ९८ वटा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।  

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पु¥याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

यस्ता कार्यक्रमले वित्तीय शिक्षाको महत्वका जागरण ल्याउने र वार्षिक रूपमा मनाइने साप्ताहिक अन्तर्राष्ट्रिय अभियान “Global Money Week 2023”को उद्देश्यलाई प्राप्त गर्न मद्दत पुगेको विश्वास बैंकले लिएको छ ।

 

 

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved