एनएमबि बैंकद्धारा श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2023 | 10:03:21 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई १ लाख ५१ हजारको चेक  हस्तान्तरण  गरेको  छ  ।  बैंङकले अस्पतालमा  आवश्यक  उपकरणहरु  खरिद  गर्न रकम हस्तान्तरण गरेको  बताएको छ  ।

रकम हस्तान्तरण कार्यक्रममा बैंकका  प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी., नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश  प्रमुख  कमल  पोखरेलएरिया  म्यानेजर  मिथिलेश  कुमार  झा  सहभागी थिए  ।  साथै  आँखा अस्पतालको  तर्फबाट  सभापति  नरेश  प्रसाद  सिंहमेडिकल  डाइरेक्टर  आशिष  बोहराकोषाध्यक्ष  धिरेन्द्र  मोहन  झा सहित  पधाधिकारीहरु सहभागी थिए ।

एनएमबि बैंकले २६ वर्ष देखि बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै  सर्वोत्कृष्ट  बैंकको  उपाधी  “बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट  सम्मानित  भएको  थियो   । एनएमबि बैंकले  २०१७२०१८२०२०  र  २०२१  मा पनि  उक्त  पत्रिका  द्वारा  चार  पटक  नेपालकै  उत्कृष्ट  बैंकको  उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।

एनएमबि बैंकले  हाल  देशभरी २०१  शाखाहरु, १३८ एटिएमहरु  र  १२  एक्सटेन्सन  काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved