नेष्डो समृद्ध लघुवित्तले गरिदियो ऋणीको ऋण मिनाहा, किरिया खर्च र बीमा पनि प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2023 | 07:50:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तले संस्थामा आवद्द सदस्यको मृत्यु भएपछि उनको ऋण मिनाहा गर्दै मृतकको परिवारलाई किरिया खर्च र बीमा सुविधा प्रदान गरेको छ । लघुवित्तको  लेखनाथ शाखा अन्तर्गत रहेको वुद्धचोक महिला व्यवसायीक केन्द्रकी सदस्य बसन्ती मगरको गत पौष १ गते जिप दुर्घटनामा परि मृत्यु भएपछि ऋण मिनाहा गरि किरिया खर्च र बीमा सुविधा प्रदान गरिएको लघुवित्तले जनाएको छ ।

लघुवित्तका अनुसार उनले गत मङ्सिरमा दुई लाख रुपैयाँ कर्जा लिई एक किस्ता भुक्तानी गरेकी थिइन्  । उनको बाँकि रहेको १ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ कर्जा मिनाहा गरी उनले एक किस्ता वापत तिरेको १६ हजार ६ सय ६७ रुपैयाँ रकम नीजको हकवाला छोरी एरिका मगरलाई हस्तान्तरण गरिएको लघुवित्तले जनाएको छ। यसको साथै संस्थाले किरिया खर्च वापत २० हजार रुँपैया प्रदान गरेको जनाएको छ ।

सदस्यको सवारी दुर्घटनामा परी मृत्यू भएको कारण दुई लाख रुपैयाँ दुर्घटना बीमा वापतको रकम पनि प्रदान गरिएको र संस्थाले मेटलाईफ इन्सुरेन्स कम्पनीसंगको सहकार्यमा लघुबीमा गर्दै आई रहेको लघुवित्तले उल्लेख गरेको छ ।

उल्लेखित रकम हकवाला छोरीलाई हस्तान्तरण गर्दै संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले लघुवित्तले एउटा महिलालाई चेतनाको विकास गरी संगठित गर्ने, स-सानो रकम वचत गर्न सिकाई साढे सात प्रतिशतसम्म व्याज प्रदान गर्ने अनि बिना धितो बढिमा १५ प्रतिशतमा घरदैलोमा पुगी कर्जा लगानी गर्ने मात्र नभै यस किसिमका बीमा योजनामा सहभागी गराई मृत्यू पश्चात पनि परिवारलाई राहात प्रदान गरेको बताए । सहजतामा कर्जा कमाएर तिर्न सकिने तर दुःखमा परिवारलाई कर्जाको भारवाट मुक्त गराउन बीमा जरुरी भएको भन्दै भविष्यका दिनमा सदस्यलाई थप सुविधा दिने तर्फ नेष्डो समृद्ध प्रयन्तरत रहेको बताए ।

 सुविधा ग्रहण पश्चात मृतक बसन्त मगरकी छोरी एरिकाले संस्थाले यो सुविधा नदिएको भए आँफू १२ कक्षाको पढाई छाडेर कर्जा तिर्न मजदुरी गर्नुपर्ने परिस्थिती रहेको उल्लेख गरेकी छिन् । 

 लेखनाथ शाखाले बुधवार “लघुवित्त सेवाको प्रभावकारीता, वर्तमान चुनौती र समाधान विषयक सदस्य अन्तरक्रिया एवम् वित्तीय साक्षरता अभियान कार्यक्रम” पनि संचालन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved