ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न, महिला सञ्चालकमा महर्जन निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 10:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।  बैंक अध्यक्ष हरि चन्द्र खड्काको अध्यक्षता सम्पन्न सभाले झन्डै आधा दर्जन प्रस्ताव पारित गरेको बैंकले जनाएको छ। सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ। 

साथै, साधारणसभाले बैंकको सर्वसाधारण शेयरधनी समुह तर्फबाट प्रतिनिधित्व गर्ने महिला सञ्चालक पदमा मन महर्जनलाई आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको छ। सभाले बैंकको आ.व. २०८०/८१ को लेखापरिक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ।

सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षिप्तमा प्रस्तुत गरेका थिए। यसैगरी सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समिक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धीहरुको बारेमा जानकारी गराएका थिए। 

समीक्षा अवधिमा यस बैंकले नेपाल सरकारलाई राजश्वमा जम्मा रु ६२ करोड ७५ लाखको उल्लेखनीय योगदान पुर्याएको छ। बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ। बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved